बिर्तामोड ,२७ साउन / जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष तथा पुराना पत्रकार साहित्यकार देवेन्द्र किशोर ढुंगानाले एक बिज्ञप्ति जारी गरी पार्टीको पदीय जिम्मेवारी सहित साधारण सदस्य समेतबाट दिएको जनाएका छन।

उक्त बिज्ञप्तिमा बरिष्ठ उपाध्यक्ष ढुंगाना ले आफूले पार्टी संगठनमा एक दशकदेखि आबध्द रही पार्टी एकिकरण हुदा समेतको अबस्थामा बिभिन्न जिम्मेबारी मा रहेर काम गरेको उल्लेख छ।बिज्ञप्तिमा ढुंगानाले आफनो राजनीतिक यात्रा २०३२देखि बामपन्थी राजनीतिमा बिध्यार्थी संगठनबाट राजनीति शुरु गरेको बताए ।

बिज्ञप्तिमा भनिएको छ कि जसपा नेपाल पार्टी बिभाजन पछि राजनीतिक यात्रा सहज नरहने देखिएको र पार्टी संगठन भित्रै स-साना गुट ,समूहको कारण जातीय, साम्प्रदायिक अहंकार र एक पक्षले अर्को पक्षलाई निषेध गर्ने प्रबृतिले पहिचानबादी राजनीतिकों मुद्दा स्वस्वार्थमा राख्ने र ब्याख्या गर्ने भ्रममा रहने प्रति आफू त्यस चरित्रको राजनीतिक मूल्य मान्यतामा सहमत नभएको हुदा पार्टी को साधारण सदस्य समेतबाट राजिनामा दिएको हो।