हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

जुवा खेलिरहेको गुप्त सूचनाका आधारमा प्रहरीको छापा, पाँच जना पक्राउ

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, फेदीबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई विशेष सूचनाको आधारमा छापा मारेर पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेहरूमा माछापुच्छ्रे–७ फेदीका ४१ वर्षीय विनोद गुरुङ, ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, माछापुच्छ्रे–८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा महानगरपालिका–२५ सुईखेतका ४० वर्षीय गंगा बहादुर थापा रहेका छन्। कास्की प्रहरीले उनीहरूको साथबाट नगद ७३ हजार रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ।

Advertisement

कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार जुवा खेलिरहेको सूचनाको आधारमा छापा मार्दा उनीहरू रंगेहात पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)