हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

जुवातास खेलिरहेका २६ जना पक्राउ

काठमाडौं  । काठमाडौं र चितवनका विभिन्न स्थानमा जुवातास खेलिरहेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंमा दुई र चितवनमा दुई स्थानबाट पक्राउ परेका हुन्।

Advertisement

काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट बिम्मासहित ५ जनालाई शुक्रबार बिहान पक्राउ गरिएको हो। प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ३५ हजार ३ सय रुपैयाँ नगद र २४ बुक ताससहित नियन्त्रणमा लिएको छ।

Advertisement

त्यस्तै, काठमाडौं महानगरपालिका–३१ भूपिशेरचन मार्गस्थित साबित्री श्रेष्ठको कोठाबाट पनि श्रेष्ठसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनीहरूबाट ८५ हजार ६ सय २० रुपैयाँ नगद र ६ बुक तास बरामद गरेको जनाएको छ।

चितवनमा भने दुई स्थानमा प्रहरीले छापा मारी १६ जनालाई पक्राउ गरेको हो। भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिकको धादिङ होटलबाट मानबहादुर मगरसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो। उनीहरूबाट ३८ हजार ९ सय रुपैयाँ नगद र १ बुक तास बरामद गरिएको छ।

यस्तै, भरतपुर–२ क्षेत्रपुरस्थित पदम बहादुर आलेको घरमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट ५१ हजार ९ सय ९० रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)