हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ज्ञानेन्द्रलाई सचेत गराउँदै चैते राजावादीहरुलाई चेतावनी

कमला भट्टराई। राज-संस्था र हिन्दु राष्ट्र पुनःस्थापना, बैज्ञानिक संघीय शासन ब्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगायतका विविध मुद्दाहरुलाई राष्ट्रब्यापी एवं अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन सफल जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं राजा ज्ञानेन्द्रका एकदमै निकटतम तथा आत्मीय मानिएका डा. मनोज मुक्ति “विवेक” ले सामाजिक संजाल मार्फत लेखेका छन् कि , केही राजावादी अभियन्ताहरुले सामाजिक संजाल र संचार माध्यमहरुको माध्यमले मधेश र मधेशी जनताको मानमर्दन गर्दै होच्याउने, घोचपेच गर्ने कार्यहरु प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

Advertisement

साथसाथै डा. मनोज मुक्ति राजा ज्ञानेन्द्रलाई समेत सचेत गराउँदै आफ्नो सामाजिक संजालमा लेखेका छन कि, “ईयू, अमेरिकी दूतावास र चर्चबाट डलर थाप्ने, हिन्दुत्व र राज-संस्था पुनःस्थापनाको तथाकथित अभियान चलाउने र संचार-माध्यममा मधेश र मधेशीलाई होच्याउने, मानमर्दन गर्नेहरु के निर्मल निवास कै संरक्षण र लाईनमा बोल्दै हो ? ठुलै मुल्य चुकाउनु पर्ला, होशियार – !!” “निर्मल निवास द्वारा संरक्षित, परिचालित, लालन-पालन हुँदैआएका केही लाई राजा ज्ञानेन्द्र एवं तिनका सचिवालयले लगाम लगाउन सक्नुपर्छ ! मधेश र मधेशी माथिको मानमर्दन र हमला कुनै हालतमा स्वीकार्य हुँदैन, सम्पूर्ण शक्तिले प्रतिवाद र प्रतिकार गरिन्छ !”

Advertisement

“चैत राजावादी, डलरवादी र परिचालीत पाखण्डीहरुको झुण्डले नै गर्दा राज-संस्था बदनाम भएको हो, त्यसकारण त्यसता भरौटे भष्मासुरका सन्ततिहरु देखि सबै सचेत र सजग रहौँ, मौसुफ सरकार र सचिवालयको गम्भीर ध्यानाकर्षण होस !”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)