हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष सहित पुरै प्यानल कांग्रेसले जित्यो

 हल्दीवारी l झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गरेका छन् l

Advertisement

शाहले ६ हजार ७९८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमाले का गौरीशङ्कर राजवंशीले चार हजार ३६५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित थपलियाले पाँच हजार ८६८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार देवीमाया अधिकारीले चारहजार  ३७१ मत प्राप्त गर्नुभयो ।

Advertisement

सात वटा वडा रहेको यो पालिकामा पाँच वडामा वडाध्यक्षसमेत कांग्रेसले नै जीत हासिल गरेको छ । दुई वडामा भने स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेका छन्  । वडा नं ३ मा सुभासलाल गणेश, वडा नं ५ मा कृष्णप्रसाद राजवंशी,  वडा नम्बर १ मा कांग्रेसबाट राजकुमार यादव निर्वाचित भएका छन् l

त्यस्तै वडा नं २ मा कांग्रेसबाट हिमालकुमार चम्लगाईं, ३ मा स्वतन्त्र उम्मेदवार सुभासलाल गणेश, ४ मा कांग्रेसका महमत ताहिर, ५ मा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी, ६ मा कांग्रेसबाट नवीनकिशोर थापा र वडा नं ७ मा शखीचन्द्र ठाकुर निर्वाचित भएका थिए l

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)