हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको विर्तामोडमा चुनाव खारेजीको माग गर्दै मसाल जुलुस

झापा , १९ कात्तिक । आसन्न संघ र प्रदेश सभाको चुनाव खारेजीको माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाको बिर्तामोडमा मसाल जुलुस गरेको छ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको आयोजनामा भएको उक्त मसाल जुलुस तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बैकल्पिक केन्द्रीय सदस्य तथा युवा नेता प्रशान्त थापाले यो निर्वाचन जनता र देशको हितमा नभएको बताएका छन्,।

Advertisement

आसन्न निर्वाचन दलालहरुकाे सत्तामा पुग्ने भर्‍याङ मात्रै रहेको बताउँदै नेता थापाले हरेक जनताले यो व्यवस्था परिवर्तनको माग गरिरहेकाले नेकपाले यो निर्वाचन बहिस्कार गरेको बताएका हुन्,। संसदीय व्यवस्था र संसद दलालहरुको रमिता देखाउने ठाउँ मात्रै भएको र यसले जनता र देशलाई भलो नहुने बताउँदै सम्पुर्ण झापाका जनतालाई यो निर्वाचन बहिस्कार गर्न समेत अपिल गरेका छन्,।

शनिश्चरे रोड स्थित ट्याक्सी स्टेन्डबाट शुरु भएको मसाल जुलस मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । नेकपाले यश बाहेक जिल्लाका विभिन्न स्थानमा चुनाव खारेजी अभियान अन्तर्गत भित्ते लेखन समेत शुरु गरेको छ। व्यवस्था परिवर्तनको एजेन्डा सहित जनमतसंग्रहको माग गर्दै आएको नेकपाले विभिन्न संघर्षका कार्यक्रम गर्दै सरकारलाई निरन्तर दबाब दिइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)