समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापामा अटो पल्टिँदा चालकको मृत्यु

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ का ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी–१ स्थित लक्ष्मीनारायण मावि नजिकको भित्री पक्की सडकमा धरमपुर चोकबाट चर्चावारीतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक चेम्जोङको टाउकोमा चोट लागेको थियो। उपचारका लागि दमक अस्पताल लगिएकोमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)