समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापामा जेनजी आन्दोलनका २० थुनुवा पक्राउ, ७२ अझै फरार

झापा । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न कारागारबाट भागेका ९२ जना थुनुवामध्ये २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका ७२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, आन्दोलनका दिन इलाका प्रहरी कार्यालय दमकबाट ५१, बिर्तामोडबाट ३६ र झिलझिलेबाट ५ जना गरी ९२ थुनुवाहरू भागेका थिए। साथै, अन्य जिल्लाबाट झापा पुगेका १५ जना फरार कैदीबन्दीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा फिर्ता पठाएको छ।

विज्ञापन (Advertisement)Advertisement

प्रहरीले फरार रहेका थुनुवाहरूको खोजी अभियान तीव्र बनाएको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)