हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ, एक जनामाथि गोली प्रहार

झापा । झापामा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। तीन फरक घटनामा भारत र नेपालका नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तीमध्ये एक जनालाई पक्राउ गर्न खोज्दा प्रतिकार गरेपछि प्रहरीले गोलीसमेत चलाउनु परेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूबारे जानकारी दिएको हो।

Advertisement

पहिलो घटना:
२०८२ असार २४ गते साँझ करिब ५:२० बजे भद्रपुर नगरपालिका–७ हुलाकी लोकमार्ग छेउको चिया पसल नजिक शंकास्पद रूपमा बसेका भारत, बिहारका ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नशरुदिन मियाँलाई प्रहरीले जाँच गर्ने क्रममा प्रतिकार गरेपछि गोली चलाउनु परेको थियो।
नशरुदिनको दाहिने खुट्टामा गोली लागेपछि उनलाई भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचारपछि प्रहरी हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार मनिसुरको साथबाट प्लास्टिकसहित १११.५० ग्राम (प्लास्टिक बाहेक १०३.७० ग्राम) र मियाँको साथबाट १०८.९० ग्राम (प्लास्टिक बाहेक १०२.१० ग्राम) ब्राउन सुगर जस्तो लागुऔषध बरामद भएको छ। दुबैजनाको साथबाट जम्मा २२०.४० ग्राम (प्लास्टिक बाहेक २०५.८० ग्राम) लागुऔषध फेला परेको हो।

दोस्रो घटना:
असार २५ गते दिउँसो ४:३० बजे झापा गाउँपालिका–१ सुडुखुट्टुमा शंकास्पद रूपमा हिँडिरहेका भारत बिहार राज्य, किशनगञ्जका ६० वर्षीय गबरी साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनको ट्रयाकसुटको बायाँ गोजीमा लुकाइएको अवस्थामा ९८.४० ग्राम (प्लास्टिक बाहेक ९३.३० ग्राम) लागुऔषध फेला परेको प्रहरीको भनाइ छ।

तेस्रो घटना:
असार २६ गते राति १२:३० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्ती नजिक भारततर्फबाट साइकलमा आउँदै गरेका कनकाई नगरपालिका–१, दुर्गापुरका करिब ३७ वर्षीय पवन ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो।
साइकलको टायरभित्र लुकाइएको अवस्थामा १८०.४० ग्राम (प्लास्टिक बाहेक १६७ ग्राम) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

चारैजनालाई लागुऔषध कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको र लागुऔषध कारोबारमा संलग्नहरूमाथि कडा कारबाही गरिने प्रहरी नायब उपनिरीक्षक खड्काले जानकारी दिनुभयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)