आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ । शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।​ एडिलेटमा अष्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए । त्यस्तै गुल्बादिन नाइबले ३९ रन बनाउदा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे ।​ अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले दुईरदुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५र२५ रन बनाए । अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । फजलहक फारुकीले २ विकेट लिए । जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । अफगानिस्तान ५ खेलमा २ अंक जोडेर पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार