समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

ढाका तनावग्रस्त, विद्यार्थी नेता हादीको मृत्युपछि हिंसात्मक प्रदर्शन

काठमाडौं। बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि राजधानी ढाकाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका छन्। उनको मृत्युसँगै ढाकामा विरोध प्रदर्शन चर्किँदा तोडफोड र आगजनीका घटना भएका छन्।

बीबीसी बंगलाका अनुसार धनमन्डी, शाहबागलगायत क्षेत्रमा प्रदर्शनकारीले सडकमा उत्रँदै सरकारी तथा निजी संरचनामा आक्रमण गरेका छन्। स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

यसैबीच बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले बिहीबार राति ११:२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई संयम र धैर्य अपनाउन अपिल गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरिने र दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

हादी गत शुक्रबार ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा गोली प्रहारबाट घाइते भएका थिए। उनको टाउकोमा गोली लागेपछि गम्भीर अवस्थामा उपचाररत रहँदा मृत्यु भएको हो।

हादीको मृत्युको खबर फैलिएपछि बिहीबार रातिभर ढाकाका विभिन्न स्थानमा भीडले आक्रमण गरेको बताइएको छ। उक्त क्रममा दुई प्रमुख बंगलादेशी दैनिक पत्रिकाका कार्यालयमा समेत तोडफोड गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)