हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जीत, शृङ्खलामा कब्जा

अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई एक इनिङ्स र १८२ रनको विशाल अन्तरले हराउँदै एक खेल बाँकी छँदै टेस्ट शृङ्खलामा कब्जा जमाएको छ । मेलबर्न टेस्टमा चौथो दिनको खेलमा एक विकेटको क्षतिमा १५ रनको अवस्थाबाट दिनको सुरुवात गरेको दक्षिण अफ्रिका २०४ रनमा अलआउट हुन पुगेको हो ।

Advertisement

अफ स्पीनर नाथन लियोनले ५८ रन खर्चेर ३ विकेट लिए भने टेम्बा बाभुमाले ६५ रन बनाए । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १८९ रन बनाएको थियो भने अस्ट्रेलियाले ८ विकेटको क्षतिमा ५७५ रन बनाउँदै आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो । खेलमा दोहोरो शतक बनाएका डेभिड वार्नर प्लेअर अफ द म्याच घोषित भए ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)