दमक । झापामा अधिकाँश स्थानीय तहहरुले नगर तथा गाँउ सभा सम्पन्न गरेकाछन् । कोरोना संक्रमणको महामारीका कारण अप्ठेरो अवस्था रहेपनि नगर तथा गाँउ सभा सम्पन्न गरेको पाईएको छ ।

दमक नगरपालिकाले सातौ नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बजेट पुर्वधार विकासमा केन्द्रित रहेको छ । नयाँ कार्यक्रमहरु पनि यथेष्ट रुपमा समेटिएकाछन् ।

चालु आर्थिक बर्षमा कोरोना कारण विकास निर्माण प्रभावित भएकाले त्यसको निरन्तरता र नयाँ अन्य योजनाहरुमा ६० प्रतिशत बजेट बिजियोजन गरिएको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए ।
स्वास्थ्य र कृषिलाई पनि प्राथमिकतामा राखेको पाईएको छ । कृषिमा भौतिक सहयोगमा जोड दिईएको छ । बिगतमा अनुदान मुखि कार्यक्रम रहेकाले यसको दुरुपयोग भएको भएर हुनसक्छ यो पटक कृषिमा भौतिक सुविधामा जोड दिएको पाईएको छ ।
बुधबार दमक नगरपालिकाको नगरसभामा उपप्रमुख गीता अधिकारीले झापाको दमक नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागिे १ अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट प्रस्तुत गरेकीहुन् ।
प्रस्तुत बजेटको चालु खर्चतर्फ ७७ करोड ७७ लाख ६५ हजार छुट्याइएको छ । यो बजेटको ५९।२३ प्रतिशत हो । यसैगरी पूँजीगत खर्चतर्फ ५३ करोड ५२ लाख ७ हजार छुट्याइएको पाईको छ । यो बजेटको ४०।७७ प्रतिशत हो ।
कोरोना संक्रमणको महामारीको यो समयमा कर्मचारीहरुले अतिरिक्त सुविधा नलिने भएकाले ५० लाख रुपिया बच्ने र यो रकम कोरोना संक्रमण रोकथाममा लगाउने पनि सो अवसरमा नगर उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
हामीले पुर्वधार विकास, स्वास्थ्य र शिक्षाको साथै कृषिलाई पनि प्राथमिकतामा राखेका छौ, अधिकारीको भनाई छ । उनले कोरोना संक्रमण रोकथाम र नगरबासीको स्वास्थ्यमा पनि धेरै ध्यान दिएको बताईन् ।साभार : टाइम्स अफ प्रदेश