हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

नक्कली पेस्तोल देखाई सात लाख लुटपाट गर्ने चार जना पक्राउ

भक्तपुर । नक्कली पेस्तोल देखाई सात लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ पर्नेहरू सबै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनीहरूमध्ये दुई जना हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–१, बोडेमा बसोबास गर्दै आएका थिए भने एक जना ललितपुर महानगरपालिका–१६, धापाखेलमा बस्दै आएका थिए।

Advertisement

पक्राउ पर्नेहरूमा बाह्रबिसे नगरपालिका–३ धार्पाका २८ वर्षीय पर्वत तामाङ (कर्म वाङगेल), २५ वर्षीय प्रकाश तामाङ (सुर्य बहादुर), ३६ वर्षीय सागर तामाङ (सन्तबिर) र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।

प्रहरीका अनुसार गत आइतबार उनीहरूले एक पीडितलाई ‘हामीसँग ६ हजार अमेरिकी डलर छ, तपाईंले ७ लाख रुपैयाँ दिनुपर्छ’ भन्दै चाँगुनारायण नगरपालिका–४ हलछापस्थित एकान्त जंगलमा लगेका थिए। त्यहाँ ५–६ जनाको समूहले नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आइफोन मोबाइल र नगद सात लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए।

प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार घटनामा प्रयोग भएका स्कुटर र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)