पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार पाचौं जित कात पारेको छ । शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर मात्र ११५ रन बनायो । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रनको योगदान गरे । त्यस्तै सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए । लुम्बिनीका लागि हरमित सिंहले ३ विकेट लिए । त्यस्तै किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रनको योगदान गरे । त्यस्तै लाहिरु मिलन्थाले २५ रन बनाउँदा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन जोडे । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ विकेट लिए । त्यस्तै अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान १–१ विकेट लिए । लिगमा पाँच खेलमा लुम्बिनीले १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

यता चार खेलमा दुई जित हात पारेको काठमाडौं ४ अंकका तालिकाको तेस्रो स्थानमा छ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार