हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालले श्रीलंकालाई ६- ० को फराकिलो अन्तरले हराउदै सेमिफाइनलमा

२७ भदौ, श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

Advertisement

समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६- ० को फराकिलो अन्तरले हरायो ।नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औं मिनेटमा हेडिङ गोल नै गरेर ३-० को अग्रता बनाइन् । ४० औं मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४-० ले अघि भएको थियो ।

७५ ‌औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६-० ले जित्यो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)