काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षा मन्त्रालयको सर्वपक्षीय छलफलमा सहभागी भएर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दलेका हुन्।

शर्मालाई सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। शर्मालाई ‘नमस्कार सर’ भन्दै अगाडि बढेका विद्यार्थीको समूहले कालोमोसो दलेका थिए।

चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधान गर्न शुक्रबार मन्त्रालयमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार