हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

परवेज मुशर्रफ: देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला

पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ।

Advertisement

बीसीसी उर्दूका अनुसार उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।

Advertisement

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो। सङ्कटकाल घोषणा गरेर उनले संविधान निलम्बित गरिदिएका थिए।

यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ।बीसीसी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)