हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ९ महिना अगाडि

पश्चिम बङ्गालः मेडिकल छात्रामाथि सामूहिक बलात्कार, ३ जना आरोपी पक्राउ

कोलकाता । पश्चिम बङ्गालको पश्चिम वर्धमान जिल्लास्थित एक निजी मेडिकल कलेजकी छात्रामाथि भएको सामूहिक बलात्कार प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूका मोबाइल फोनहरू समेत बरामद गरिएको छ। उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा राखिएको छ र थप अनुसन्धान जारी छ।

Advertisement

घटना शुक्रबार राति दुर्गापुरमा भएको हो। कलेजको दोस्रो वर्षमा अध्ययनरत छात्रा आफ्नो साथीको साथमा खाना खानका लागि कलेज परिसर बाहिर गएकी थिइन्। ओडिशाबाट अध्ययनका लागि आएकी छात्राकी आमाबाबुले न्यू टाउनसिप प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए। पीडित छात्राको उपचार सोही निजी कलेज तथा अस्पतालमा भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

Advertisement

प्रहरीका अनुसार तीनै जना आरोपीहरूलाई ‘मोबाइल फोन टावर डम्पिङ’ प्रविधिमार्फत पत्ता लगाइएको हो। आरोपितहरूले पीडिताको मोबाइल प्रयोग गरी अन्य साथिहरूलाई बोलाएका थिए। अनुसन्धानको क्रममा प्रहरीले पीडिता र उनको साथीको आरोपीहरूसँग पहिलेबाट परिचय थियो वा थिएन भन्ने पनि पत्ता लगाउने प्रयास गरिरहेको छ।

यस घटनाप्रति पश्चिम बङ्गाल महिला आयोगका प्रतिनिधिहरूले कलेज पुगेर पीडिता र उनका अभिभावकसँग भेटघाट गर्ने तयारी गरेका छन्। उक्त घटनाको कडा निन्दा पश्चिम बङ्गाल डक्टर्स फोरम (WBDF) र ‘अभय मञ्च’ले गरेका छन्। राजनीतिक दलहरूबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई अपराधीहरूविरुद्ध शीघ्र र कडा कारबाही गर्न आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)