हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गवैमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्थानीय ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार बिहान मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा ज्यान गएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार रानामगरसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका थिए। तर, रानामगर सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो।

Advertisement

खोजीको क्रममा दिउँसो रानामगरको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। स्थानीयवासी तथा प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान गरिरहेको छ। बाघको आक्रमणपछि वन क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)