काठमाडौं ,१८ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नेता राजेन्द्र लिङदेनले पौष २७ सर्वाजनिक विदा दिनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र लेखेका छन् ।
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गदैं लिङदेन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।उनले प्रधानमन्त्री देउवालाई सार्वजनिक बिदा दिन माग गुका साथै ज्ञापनपत्र समेत बुझाएका छन् ।
राजा पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिनमा राप्रपाले पर्वका रुपमा मनाउने भन्दै देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















