हल्दिबारी , १ साउन । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

तिन दिने भारत भ्रमणमा सकेर आज साँझ स्वदेश फर्किने प्रचण्डको भ्रमण फलदायी भएको प्रचण्डका सहयोगी रमेश मल्ल ट्वीटर मार्फत जानकारी गराएका हुन् ।

मल्लले लेखेका छन्, ‘भाजपा अध्यक्ष जेपी नड्डा ज्युसँगको भेटवार्तासँगै अध्यक्ष कमरेड प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश–देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ ।’

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेपनि दुई बिच भेट नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार