हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ प्रदेशसभा बैठक तत्काल सञ्चालन गर्न सांसदहरुको मांग

हल्दिबारी न्यूज डेक्स चन्द्रगढी : अनिश्चिकालका लागि स्थगित भएको प्रदेश १ को हिउँदे अधिवेशन बैठक तत्काल सञ्चालन गर्न सांसदहरूले माग गरेका छन्।

Advertisement

गत माघ ७ मा प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित भएको थियो। मुख्यमन्त्रीविरुद्ध गत पुस १२ मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको एक महिना बितिसक्दा पनि त्यसमाथि छलफल सुरु भएको छैन। तर, उक्त प्रस्ताव बैठकमा टेबलसमेत नभएकाले सांसदहरुले तत्काल बैठक सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गरेका हुन्।

Advertisement

प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत प्रदेशसभा सदस्यहरुले शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीलाई भेटेर अविलम्ब बैठक राख्न र अविश्वासको प्रस्ताव अगाडि बढाउन ध्यानाकर्षण गरेका छन्।-दिपेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)