हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ सभाको हिउँदे अधिवेशन माघ २५ गते

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।प्रदेश १ सभाको हिउँदे अधिवेशन आगामी आइतबार बस्ने भएको छ। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दे आगामी आइतबार बैठक बोलाएको बताएका छन्।
‘यस प्रदेशसभाको सातौ अधिवेशन तथा हिउँदे अधिवेशनको पहिलो बैठक माघ ७ गते अन्य बैठकहरु अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकोमा स्थगित बैठक माघ २५ गते आइतबार दिउँसो २ बजे प्रदेश सभाहल प्रदेश १ विराटनगरमा बस्ने व्यहोरा माननिय प्रदेश सभा सदस्यहरुको जानकारीको लागि सभामुखज्यूको आदेशका यो सुचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव दर्तासमेत गरेको छ।-कमला भट्टराई
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)