हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फुटबल हल्दिबारी : उद्घाटन खेलमा कर्मचारी र वडा नम्बर ५ A बिजयी (फोटोफिचर )

हल्दिबारी गाउँपालिका खेलकुद बिकास समिति द्वारा आयोजित तेस्रो नकआउट फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ।

Advertisement

Advertisement

झपा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पुर्ण सिंह राजबसिं को प्रमुख आतिथ्य तथा खेलकुद बिकास परिषद हल्दिबारिका अध्यक्ष महेसलाल मेचेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि पूर्णसिंह राजबशिं गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष डम्बर बहादुर गिरि , वडा नम्बर ४ का वडा अध्यक्ष होमप्रसाद चुडाल कार्यक्रमका सभापति महेसलाल मेचे ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विविध सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको जन प्रतिनिधि र कर्मचारी बिचको खेलमा कर्मचारिले जनप्रतिनिधिलाई ५-० को अन्तरले हराउदै उद्घाटन जितेका थिए ।

 

 

 

 

त्यस्तै आज भएको पहिलो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता खेलमा वडा नम्बर ५ को A टिमले वडानम्बर ३ को B टिमलाइ ३-० अन्तर ले हराउँदै दोस्रो चरणमा पुगेको छ ।

वडा नम्बर ५ का जर्सी नम्बर ४ का खेलाडी स्याम नेम्वाङ ले पहिलो हाफको २३ मिनेटमा गोल गरि आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफ खेलको १२ मिनेट र २९ मिनेटमा वडा नम्बर ५ कै जर्सी नम्बर ७ का सन्जोक लिम्बुले गोल गर्दै अफ्नो टिमलाइ बिजय गराएका थिए ।

आजको खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का जर्सी नम्बर ७ का खेलाडी सन्जोक लिम्बू घोषित भएका थिए, उनलाइ वडा नम्बर ४ का वडा अध्यक्ष होमप्रसाद चुडालले नगत सहित सम्मान गरेका थिए ।

भोलिको पहिलो खेल वडा नम्बर १ को B टिम र वडा नम्बर २ को A टिम बिच १२ बजे देखि खेल सुरु हुनेछ । त्यस्तै दोस्रो खेल वडा नम्बर १ को A टिम र वडा नम्बर ३ को A टिम बिच हुने खेलकुद आयोजक कमिटिका अध्यक्ष तथा वदा सदस्य महेसलाल मेचे ले बताएका छन ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)