हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाल कविता: “मेरो बाबा”

बाल कविता: “मेरो बाबा”

Advertisement

दुख छैन जीवनमा भनि मलाई
मुस्कुराउँदै हजुरले ढाँटेको,
नदेखेको हो र मैले तपाइलाई
खाडीमा गै पसिनामा पैसा साटेको।
आहा!
कति प्यारो छ यो शब्द “बाबा”
दुई अक्षर मिलेर बनेको,
संसार कै उत्तम बन्नु है तिमी भनि
मायाले मलाई खुसुक्क भनेको।
हो!
एक दिन म आफुलाई सावित गर्ने छु
चाहाना तपाइका सबै पुरा गर्ने छु।
तपाइले बगाएका पसिना नै हो हाम्रो धन
कति कञ्चन र सफा छ हजुरको मन।
म सानो छँदा,
काँधमा बोकेरै डुलाउनु भयो
सम्झन्छु प्यारा ती दिन मेरा
नफर्किने भो कता हो कता गयो।
लेख्न आए बाबा कथानै लेखि दिन्छु
तपाइले देखाएको बाटो र ज्ञान म लिन्छु,
तपाई रहे म सँधै अस्तित्वमा रहन्छु
जिबन के हो भन्दा
मेरो प्यारो “बाबा” हो भनि दिन्छु।

Advertisement

✍सितास्मा पराजुली
सिग्मा इङ्लिस स्कुल, हल्दिबारी–२, झापा
कक्षा -६

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)