झापा, १६ वैशाख । झापाको मेचीनगर नगरपालिका-४, बाहुनडाँगी चोक नजिकै जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार राति करिब ८:३५ बजेको समयमा आफ्नै घरको बरन्डामा बसिरहेका ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यबद्रा बज्राचार्यलाई एउटा जंगली हात्तीले आक्रमण गरेको हो।

​हात्तीले उनीहरू दुवै जनालाई बरन्डाबाट तानेर केही परसम्म घिसारेर पुर्‍याउँदा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते आमा-छोरी दुवैको खुट्टा नचल्ने अवस्थामा रहे पनि उनीहरू बोल्न सक्ने स्थितिमा रहेका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरी थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको छ। बस्तीमै पसेर हात्तीले घरैबाट तानेर आक्रमण गरेपछि स्थानीय बासिन्दा यतिबेला त्रसित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार