हल्दिवारी- ४ जेठ , झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देबेन्द्र प्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित हुन भएको छ । अध्यक्षमा निर्बाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा निर्वाचित खरेलले ६ हजार ६ सय ३६ मत प्राप्त गर्नुभयो ।

गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएका नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गर्नुभयो । यता उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बन्नु भएकी कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गर्नुभयो ।

सात वटा वडा रहेको बाह्रदशी गाउँपालिकाको वडा नम्वर १ मा नेपाली कांग्रेसबाट टेकवहादुर सिंह राजवंशी, २ मा भिम वहादुर कार्की, ३ मा टंक साह, ४ मा स्वतन्त्र महताब आलम, ५ मा राप्रपाबाट बीरवहादुर सिंह राजवंशी, ६ मा एमालेबाट रत्न प्रकाश योङ्हाङ्ग र ७ मा नेपाली कांग्रेसबाट भित्रराज भट्टराई निर्वाचित हुनु भएको छ ।