बिर्तामोड, १२ वैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित भाटभटेनी सुपर मार्केट नजिकै आज दिउँसो भएको सवारी दुर्घटनामा परी सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट बनियानीतर्फ आउँदै गरेको मे १ ख २६२६ नम्बरको यात्रुवाहक बसले सोही दिशामा गुडिरहेको प्र.१–०१–००२ ह ५१९८ नम्बरको अटोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

​दुर्घटनामा परी अटो चालक कचनकवल गाउँपालिका– बनियानीका ३८ वर्षीय अस्मुदिन अन्सारीको टाउकोमा गहिरो चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अटोमा सवार अन्य ६ जना यात्रुहरू सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा बिर्तामोड–५ की २२ वर्षीया कल्पना चापागाईं, बिर्तामोड–२ की ३७ वर्षीया भावना अधिकारी, सोही स्थानकी ४ वर्षीया साबिया अधिकारी, ५० वर्षीया लक्ष्मी नेपाल, १२ वर्षीय सुगम नेपाल र बिर्तामोड–१ का ५३ वर्षीय गणेश श्रेष्ठ रहेका छन्।

​घाइते सबैको हाल बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। प्र

हरीले बस, अटो र बस चालक शिवसताक्षी नगरपालिका–११ बस्ने ३६ वर्षीया सुमन उप्रेतीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधन र चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार