समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

बिर्तामोडमा खेल्ने क्रममा बालक रेलिङबाट लडी मृत्यु भएको सम्बन्धमा

बिर्तामोड नगरपालिका वडा नं. ४, आगमनटोल बस्ने रामकुमार कार्कीको छोरा वर्ष ६ को रियान्स कार्की आफ्नै ३ तले घरको माथिल्लो तलामा रहेको रेलिङमा खेल्ने क्रममा अचानक चिप्लिएर भुइँमा खस्न गई गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बीएनसी अस्पताल ल्याई उपचार भइरहेकोमा मिति २०८२।०९।०९ गते अन्दाजी १९:१५ बजे, उपचारकै क्रममा निधन भएको हो।

विज्ञापन (Advertisement)Advertisement

हाल मृतकको शव सोही अस्पतालमा रहेको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)