समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

बिर्तामोडमा ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त सम्पन्न

झापा – नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालन भइरहेको ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आइतबार सम्पन्न भएको छ। सङ्घको वार्षिक कार्यक्रमअनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको डोजोमा ब्ल्याक बेल्ट फर्स्ट, सेकेन्ड र थर्ड डानको ग्रेडिङ परीक्षा लिइएको हो।

झापा, इलाम र सुनसरीका गरी १३० खेलाडी सहभागी भएको ग्रेडिङमा अभ्यासगत सीपसँगै सैद्धान्तिक ज्ञानसमेत प्रदान गरिएको आयोजकले जनाएको छ। दीक्षान्तको समापन कार्यक्रम मेची आँखा अस्पतालको सभाहलमा भएको थियो। उक्त अवसरमा सहभागी खेलाडीहरूले काता प्रदर्शन गरेका थिए भने १०० पूर्णाङ्कको वस्तुगत प्रश्नमार्फत लिखित परीक्षा पनि लिइयो।

विज्ञापन (Advertisement)Advertisement

समापन समारोह नेपाल सितोरियो कराते डो सङ्घका केन्द्रीय सदस्य तथा कराते महासंघ झापाका अध्यक्ष दुर्वासा कार्की (जगन) को अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बू प्रमुख अतिथि रहनुहुँदै प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जेके गुरुङ, नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीलगायतका वक्ताले खेलकुद आत्मरक्षा, अनुशासन र शारीरिक तन्दुरुस्तीका लागि अपरिहार्य रहेको धारणा राखे। वक्ताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाउने उल्लेख गरे।

तीन दिवसीय कार्यक्रम राखेप प्रशिक्षक दुर्गाराज निरौला र राजु महर्जन तथा सहायक प्रशिक्षक कृष्ण बस्नेत, दिपेश निरौला र कुन्ती गुरुङको नेतृत्वमा सञ्चालन गरिएको थियो।

ब्ल्याक बेल्ट ग्रेडिङमा नेपाल कराते महासंघका केन्द्रीय सचिव प्रेमलाल महर्जन, कार्यालय सचिव हरिबहादुर थापा, निवर्तमान प्रमुख प्रशिक्षक तुलसी महर्जन, धर्म न्यौपानेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपाध्यक्ष जीवन राई, सचिव राजेन्द्र लिम्बूसहित बिक्रम मेचे, प्रदीप प्रधान, दीपेन्द्र थापा, उदेश भारती, बलबहादुर बराललगायतले स्वयम्सेवीका रूपमा सहजीकरण गरेका थिए।

ग्रेडिङ परीक्षाको नतिजा महासंघको केन्द्रीय कार्यालयबाट प्रमाणित भएपछि सार्वजनिक गरिने प्रशिक्षक दुर्गाराज निरौलाले बताए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)