बेबारिसे अवस्थामा फेला परेका सामान झापा प्रहरीले बरामदझापा

झापा, मंसिर २७ — झापाको बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टरको पछाडि बेबारिसे अवस्थामा राखिएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतबार बिहान करिब १० बजे ती सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सम्पूर्ण सामान इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने सोमबार मेची भन्सार कार्यालय काकडभित्तामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामानमा २ हजार ६६४ मिटर चिप्लो सेतो कपडा, २४३ थान गलबन्दी, २७ केजी चिनी जिरा, ५५० सेट जर्सी, ४० केजी चकलेट, ५० जोर फुटबल जुत्ता, १८ केजी तोरीको दाना, २५ केजी बिडी, १७ केजी मरिच, २ केजी रङ्गिन पेपर तथा पहेँलो पितलजस्तो देखिने बजारमा प्रयोग हुने मन्दिरका विभिन्न सामग्री २२ केजी रहेका छन्।

बरामद सामानको अनुमानित मूल्य ७ लाख ९१ हजार ५ सय ४० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। सामान कसको स्वामित्वको हो भन्नेबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार