हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बोरुसियाको जर्मन बुण्डेस लिगामा  सानदार जित

    हल्दिवारी । शनिबार राति जर्मन बुण्डेस लिगा अन्तर्गत भएको खेलमा बोरुसिया डर्टमण्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बोरुसिया डर्टमण्डले वुल्फवर्गलाई २-० गोलले पराजित गरेको हो ।

Advertisement

उक्त खेलमा टिमलाई जित दिलाउन डर्टमण्डका राफेल गुइरेरियो र आच्रफ हाकिमीले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा डर्टमण्डका राफेलले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

Advertisement

त्यसपछि खेलको ७८ औं मिनेटमा डर्टमण्डका हाकिमीले गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)