हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर झापा गोल्ड कपको आय व्यय सार्वजनिक

भद्रपुर , ४ वैशाख । भद्रपुर झापा गोल्डकपले भद्रपुरको मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ।

Advertisement

गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको वैठकले हालसम्मको रू.२ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रू. २ करोड १९ लाख ३८ हजार ४ सय रूपैयाँको व्ययलाई अनुमोदन गरेको छ।

Advertisement

वैठकमा खर्च भई वाँकी रहेको ४४ लाख ५९ हजार २ सय ८३ रूपैयाँ झापा गोल्डकपको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक भद्रपुर र एक्सल वैंक भद्रपुरको हिसाव खातामा मौज्दात रहेको जनाउँदै यथाशीघ्र लेखा परीक्षण गरी गराई सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरेको झापा गोल्डकप कार्यसमितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)