हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भद्रपुर झापा गोल्डकप : मछिन्द्र र आर्मी फाइनलमा ,७ झापाली खेलाडीले मछिद्रबाट खेल्दै

झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दावी गरेका छन । सोमवार झापा भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि आफ्नो पोल्टामा पार्न कुनै कसर बाकी नराख्ने दावी प्रस्तुत गरेको हो ।

Advertisement

फुटबल लिगको अन्तिम खेलसमेत भएकोले लिगको तयारीका लागि दुबै टिम तयार रहेको दावी दुबै टिमले गरेको छ । आर्मीका टिम कोच राजु तामाङले आर्मीलाई झापाको भुमि सधै अनुकुल नतिजाका लागि तयार रहेको भन्दै बिजयी ट्रफि लिएर मात्रै लिग खेल्न जाने बताउँनुभयो । आफ्नो अर्को टिम काठमाण्डौमा केपी ओली कप खेलिरहेको भन्दै केहि महत्वपुर्ण खेलाडीहरु काठमाण्डौबाट मनाएर उपाधि रक्षाको तयारी आर्मीले गर्ने आर्मीका प्रशिक्षक तामाङले बताउँनुभयो ।

Advertisement

आर्मीका टिम क्याप्टेन जर्ज पिन्स कार्कीले आफ्नो टिम उपाधिको नजिक रहेको भन्दै उपाधिको दावेदार रहेको बताउँनुभयो । यता मछिन्द्रका टिम कोच प्रवेश कटुवालले समेत अघिल्लो लिग बिजेता टिम भएकोले आर्मीसग हार्ने छुट आफुहरुलाई नभएको बताउँनुभयो ।

केपी ओली कपमा समेत आफ्नो टिमले खेल अनुकुल नजिता निकालिरहेको भन्दै केहि घण्टाकै फरकमा खेलाडीले प्रतियोगिता खेल्नुपरेको भन्दै सत प्रतिशत खेल पस्कन नसकेपनि आर्मी बिरुद्ध जित निकाल्नेमा आफु आशावादी रहेको कटुवालले बताउँनुभयो ।

मछेन्द्रका ७ खेलाडी झापालीनै भएकोले समेत होम ग्राउण्डमा खेलीरहेको अनुभुति मछिन्द्रलाई हुने प्रशिक्षक कटुवालको भनाई थियो । मछिन्द्रका टिम क्याप्टेन सुजल श्रेष्ठले चाडो चाडो खेल खेल्नुपर्दा खेलाडीलाई समस्या भएपनि सतप्रतिशत दिएर खेल खेल्ने र उपाधि रक्षा गर्ने बताउँनुभयो । मंगलवार हुने प्रतियोगितामा बिजेता टिमले नगद १३ लाख र उपबिजयी हुने टिमले नगद ७ लाख रुपैँया प्राप्त गर्ने छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)