भद्रपुर ,१६ कात्तिक । भद्रपुर नगरपालिकाका रास्टिय प्रजातन्त्र पार्टीका पुराना नेता डम्बर बर्माले राप्रपा पार्टी त्यागेको घोषणा गरेका छ्न । राप्रपाको जिउँदो इतिहास बोकेका बर्माले आफु हाल कुनै पार्टीमा नजाने तर यहि मङ्सिर ४ गते हुन लागेको चुनावमा नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई प्रतिनिधि सभा सदस्यमा र भुमि प्रसाद राजवन्सिलाई प्रदेश सभा सदस्यमा मतदान गर्न सार्वजनिक अपिल समेत गरेका छ्न ।
राप्रपामा राम्रो छवि बनाएका उनि जिल्ला बिकास समितिको सदस्य ,वडा अध्यक्ष समेत भएर काम गरिसकेका सामाजिक तथा राजनैतिक व्यक्तिको रुपमा परिचीत थिए । भदपुरमा मारवाडि तथा आदिवासी जनजाति समुदाय ,मजदुर तथा युवाहरु बिच लोकपि्रय बर्माको राप्रपा परित्याग संगै काङ्ग्रेस नेता सिटौलाको पक्षमा मतदानको लागि आह्वानले राप्रपाको भद्रपुरबाट दिनगन्ति शुरु भएको स्थानीयहरु बताउँछन् । गत स्थानीय तह निर्वाचनमा भद्रपुरमा उपमेयर सहित केहि वडा अध्यक्ष जिताउन उनको महत्त्वपूर्ण भुमिका रहेको थियोे ।
त्यसैगरी आज भद्रपुर वडा ३ भैसाबारीका ५० भन्दा बढी राप्रपा तथा एमालेका कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । नव प्रवेशीहरुलाई नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको सदस्य बितरण गर्दै नेपाली काङ्ग्रेसमा स्वागत गर्नु भएको थियोे ।
















