हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ११ महिना अगाडि

भन्सालीको ‘लभ एण्ड वार’ फिल्म विवादमा, बीकानेरमा ठगीको मुद्दा

मुम्बई । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘लभ एण्ड वार’ सुरु हुनुअघि नै विवादमा तानिएको छ।

Advertisement

राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ प्रतीक राज माथुरले भन्साली प्रोडक्सन हाउसविरुद्ध बीकानेरमा ठगीको उजुरी दर्ता गराएका छन्।

Advertisement

माथुरको दाबीअनुसार, भन्साली प्रोडक्सनका प्रतिनिधि उत्कर्ष बालीले उनलाई फिल्मको लाइन निर्माताको काम दिने प्रस्ताव गरेका थिए। उनले राजस्थानमा आफ्नै खर्चमा तयारी सुरु गरे पनि, पछि अरूलाई काम दिइएको र आफूलाई धोका दिइएको आरोप लगाएका छन्।

माथुरले घाटाको कुरा उठाउँदा धम्कीसमेत पाएको दाबी गरेका छन्। उनका अनुसार, “तिमी हाम्रो पहिलो मुर्गा होइनौं, धेरै बोल्यौ भने, उद्योगमै तिमीलाई काम दिइँदैन।”

हालसम्म निर्देशक भन्साली वा उनको प्रोडक्सन हाउसले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)