हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतीय बलरले बनाए ४ ओभरमा ४ मेडन राख्दै २ विकेटको कीर्तिमान

भारतीय बलर अक्षय कर्नवारले चार ओभरमा चारै ओभर मेडन राख्दै २ विकेट लिएर विश्व कीर्तिमान बनाएका छन्।

Advertisement

भारतीय घरेलु टी-२० क्रिकेट प्रतियोगिता सैय्यद मुश्ताक अली ट्रफीमा विदर्भ क्रिकेट टीमका बलर कर्नवारले मणिपूरविरुद्धको खेलमा चार ओभरमा सोमबार कुनै रन नदिएर २ विकेट लिएका हुन्।

Advertisement

विश्व क्रिकेटमा यसअघि यस्तो बलिङ कसैले गरेको थिएन।

अक्षय २०१५ देखि नियमित घरेलु प्रतियोगिता खेलिरहेका छन् । उनी दुबै हातले बलिङ गर्नसक्छन् । २९ वर्षे दुबै हाते स्पिनरको ४ ओभरमा ४ मेडन राख्दै २ विकट लिएपछि २२३ रनको लक्ष्य पछ्याएको मणिपुर १६।३ ओभरमा ५५ रनमै समेटियो। टस जितेर पहिले ब्याटिङ गर्दै विदर्भ क्रिकेट टीमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रन बनाएको थियो।

उसका लागि जितेस शर्माले ३१ बलमा ७१ तथा अप्रुप वानखडेले बिस्फोटक ब्याटिङ गर्दै १६ बलमा ४९ रन बनाएका थिए। योसँगै अर्को वर्ष हुने आइपीएलको मेघा अक्सनका लागि अक्षयले बाटोसमेत खुलेको छ । यसपल्ट आइपीएलमा थप दुई टोली समेत जोडिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)