झापा ।नेपालबाट भारत प्रवेश गर्न खोज्दा भिसा नभएका एक अमेरिकी नागरिकलाई झापाको भद्रपुर नाकाबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित मेची पुलपारी सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले आज दिउँसो करिब साढे १ बजे नियमित चेकजाँचका क्रममा ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएका हुन्।
प्रहरीका अनुसार अमेरिका हुँदै थाइल्यान्डबाट नेपाल आएका क्युटीलोस्कीको नेपाली भिसाको म्याद करिब दुई महिनाअघि नै सकिएको पाइएको छ। उनी बिना भिसा भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका थिए।
प्रारम्भिक जाँचका क्रममा उनीसँग भेटिएका कागजातका आधारमा भिसा अवधि सकिएको पुष्टि भएको प्रहरीले जनाएको छ। साथै, उनको स्वास्थ्य अवस्थासम्बन्धी विषय पनि ध्यानमा राख्दै आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रहरीका अनुसार क्युटीलोस्कीलाई आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय काँकडभिट्टा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार