हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भूमि अतिक्रमण बारे संसदमा छलफल गर्न जनमुक्तिको माग

धरानः नेपाली भूभाग अतिक्रमण गरी भारतले सडक निर्माण समेत गरेको नेपालको सार्वभौम सत्ता मार्थीको ठाडो हस्तक्षेप सहित भारतव्दारा जारी गरिएको विवादस्पद नक्सा समेतको विषय लाई अहिले चालु रहेको संघीय संसदको अधिवेशनमा गम्भिर छलफल गरी उपयुक्त कदम चाल्न राष्ट्रिय जनुक्ति पार्टीले सरकार संग माग गरेको छ ।

Advertisement

पार्टी व्दारा शनिवार जारी विज्ञप्तीमा भनिएको छ ‘यति गम्भिर विषयमा नेपाल सरकार अहिले सम्म वेखबर रहनु राष्ट्रिय लज्जा तथा घोर निन्दनीय विषय भएकोले यो विषय लाई उच्च प्राथकितामा राखी चालु संघीय संसद अधिवेशनमा गम्भिर छलफल गरियोस र उपयुक्त कदम चालियोस ।’

Advertisement

पार्टीका महासचिव केशव सूर्यवंशी व्दारा जारी विज्ञप्तीमा यसअघि २०१९ नोभेम्बरमा भारत सरकार व्दारा जारी गरिएको राजनीतिक नक्साले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको ३७२ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको स्मरण गराउँदै त्यस बेला तत्काल भारत संग नेपाल सरकारले राजनीतिक एवं कुटनीतिक माध्यमबाट दिर्घकालीन समाधानका लागि तत्काल प्रभावकारी कदम नचालेको आरोप लगाएको छ ।

त्यसबेला राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरबाट नेपाली जनता, राजनीतिक दलहरु, सिमाविदहरुले सिमा अतिक्रमण विरुद्ध कडा कदम चाल्न जोडदार माग गरेपनि सरकार चुप बसेको अहिले सिमा अतिक्रमण गरी बनाइएका सडक उद्घाटन सम्म गर्ने आँट भारतले गरेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)