नेकपा माओवादी केन्द्रले तीनवटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएको हो।

यसैगरी २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरिएको उनले जानकारी दिए। विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग, पेशलकुमार पोखरेलको अध्यक्षतामा लेखा आयोग र टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता महराले बताए।

यस्तै भूगोलभन्दा बाहिर काम गर्नेहरूको विशेष समिति पनि बनाइएको उनले बताए। यो १७५ सदस्यीय छ। बैठकमा सरकारका काम कारवाहीका बारेमा पनि छलफल भएको बताइन्छ ।