जनक राजवंशी/हल्दिबारी, २७ माघ । मुस्ताङ्ग भद्रपुर झापा गोल्डकपको तयारी अन्तिम अवस्थामा पुगेको गोल्डकपका महासचिव जिवन कुमार श्रेष्ठले बताएका छन । यहि फल्गुण ७ देखि १६ गते सम्म सञ्चालन हुने गोल्डकप हुने स्थान भद्रपुर ८ स्थित मेचि रंगशाला लाई रंग्याउने काम तिर्व रुपमा अगाडी बढेको छ ।

आज गोल्डकपको तयारी अवस्था बुझ्न उप–प्रधानमन्त्री राजेन्द्र लिङ्देन समेत मेची रंगशाला आउने कार्यक्रम रहेको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । करिब २० हजार दर्शकले एक साथ हेर्न सक्ने गरी बाँसको स्टेडीयम बनाउने काम तथा रंगरोकन गरी रंगशालालाई सजाउने काम भई रहेको देख्न सकिन्छ ।

नेपाल, भारत, बङ्लादेश र भुटानका गरि १० टिमको सहभागिता रहने गोल्डकममा प्रथम हुनेलाई १३ लाख र द्धितिय हुनेलाई ७ लाख नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याच लाइ १० हजार मनोज सुब्बा वडा अध्यक्ष भद्रपुर ८ बाट प्राप्त हुनेछ । म्यान अफ द टुर्नामेन्टले भने १ लाख १ हजार रुपैयाँ स्व।भैरव रिमालको स्मृतीमा उहाँका परिवारबाट प्राप्त हुने समेत अध्यक्ष ढकालले जानकारी दिएका छन ।




याे पनि सम्वन्धित https://haldibari.com/2023/02/30281/

















