झापा, ६ जेठ । झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन खानेपानी ट्याङ्कीबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ शान्ति टोल बस्ने ५२ वर्षीय दिननाथ पराजुली रहेका छन्।

​सोमबार (हिजो) दिउँसो साढे १२ बजेको समयमा मेचीनगर–५ स्थित नयाँ निर्माणाधीन खानेपानी ट्याङ्कीको सेट्रिङको बाँस खोल्ने क्रममा पराजुली अचानक तीन तला माथिबाट भुइँमा खसेका थिए।

​ट्याङ्कीबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

​घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। मृतक पराजुलीको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक मेची अस्पताल पठाइएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।AIबाट निर्मित सांकेतिक तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार