हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

युनाईटेडलाई हराउँदै सेभिया सेमिफाइनलमा

काठमाडौं, ८ बैशाख । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ ।क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।

Advertisement

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।

Advertisement

त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)