हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

यूएईले दियो नेपाललाई ३११ रनकाे टार्गेट

आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो। यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए । त्यस्तै, भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्तफाले २० रन बनाए।

Advertisement

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिए। नेपालले अहिलेसम्म सबैभन्दा बढी २८८ रनको लक्ष्य पूरा गरेको छ। गत फागुन २ गते कीर्तिपुरमै भएको खेलमा नामिबियाले २८७ रन बनाएको थियो। नेपालले आठ विकेटको क्षतिमा जित हासिल गरेको थियो।

Advertisement

लिग-२ का सात टोलीमध्ये शीर्षस्थानमा रहेका स्कटल्यान्ड र ओमन विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अङ्क छ। चौथो स्थानमा रहेको नेपालको ३८ अङ्क रहेको छ। आजको खेल जितेमा नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)