समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न: आन्तरिक एकता र देशव्यापी अभियानमा जोड

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। बैठकले पार्टीभित्र आन्तरिक रूपमा एकता दृढ गर्दै समान विचारधारा भएका पार्टी, अभियान, समूह र व्यक्तिहरूसँग समेत मोर्चा र सहकार्य गर्ने रणनीति तय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएको छ।

बैठकले राप्रपालाई सशक्त वैकल्पिक शक्ति रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित मङ्सिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै, आगामी दिनमा क्रमशः देशभर प्रदर्शन र अभियानका कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि तय गरेको छ ।

विज्ञापन (Advertisement)Advertisement

राप्रपा नेतृत्वले आन्तरिक एकतालाई प्राथमिकता दिँदै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्ने तयारी गरिरहेको जनाएको छ। पार्टीले आगामी रणनीतिमा जनसहभागिता बढाउने र समान विचारधारा भएका साझेदारसँग सहकार्य विस्तार गर्नेमा जोड दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)