हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रायन गिग्सका अनुसार रोनाल्डोले ४० वर्ष सम्म खेल्न सक्ने ?

एजेन्सी – वेल्सका प्रशिक्षक रायन गिग्सले क्लब फुटबलमा क्रिस्टियानो रोनाल्डोको दबदबा अझै केहि वर्ष रहने दावी गरेका छन्।रायन गिग्सले एक समाचार एजेन्सीसँग कुराकानी गर्दै रोनाल्डोले अझै केहि वर्ष खेल्ने र फुटबलमा उनको दबदबा कायमै रहने दावी गरेका हुन्। रायन गिग्सका अनुसार रोनाल्डोले ४० वर्ष सम्म खेल्न सक्नेछन्।

Advertisement

Advertisement

आफूले पनि ४० वर्ष सम्म खेलेको कुरा बताउँदै उनले रोनाल्डोले पनि ४० वर्ष सम्मै खेल्ने दावी गरे। रोनाल्डोको जीवन(शैली, मिहिनेतका आफूले देखेको हुँदा रोनाल्डोले ४० वर्षको उमेर सम्म नै खेल्ने कुरामा आफू ढुक्क रहेको उनले सुनाए।“म शिर्ष टोलिमा रहेर ४० वर्षको उमेर सम्म खेलेको थिएँ। रोनाल्डोले पनि शिर्ष टोलिमा रहेर ४० वर्ष सम्म खेल्नेछन्। म यो ढुक्कसँग देखिरहेको छु।”,उनले अन्तर्वार्तामा भने,”रोनाल्डो आफ्नो हेरचाह राम्रोसँग गर्छन्। उनको जीवन शैली एकदमै सन्तुलित छ। उनी फुटबलको लागि धेरै मिहिनेत पनि गर्छन्।”

आफूले देखेका फुटबलर मध्ये रोनाल्डो धेरै नै फरक रहेको उनको भनाई छ। केहि सिक्ने हुटहटिका कारण नै रोनाल्डो विशेष रहेको उनी बताउँछन्। हरेक दिन केहि नयाँ सिक्ने र आफूलाई सुधार गर्ने प्रयासका कारण नै रोनाल्डो विशेष हुन पुगेको उनले बताए।रोनाल्डोलाई रायन म्यानचेस्टर युनाइटेड देखि चिन्छन्। रायनले केहि वर्ष रोनाल्डो सँगै खेलेका थिए भने रोनाल्डो उत्कृष्ट खेलाडीमा परिणत हुँदै गरेको नजिकबाट नियाल्ने मौका पाएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)