हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

राष्ट्रिय संगीतकर्मी संघको छैटौं महाधिवेशन: अध्यक्षमा राजेन्द्र कुमार कार्की र प्रकाश कटुवाल भिड्दै

राष्ट्रिय संगीतकर्मी संघको छैटौं महाधिवेशनको तयारी पूरा भएको छ । आगामी बैशाख २८ र २९ गते काठमाडौमा सम्पन्न हुन लागेको महाधिवेशनमा १८ सय प्रतिनिधिहरुले भाग लिने  संघका महासचिव  अमृत खातिले जानकारी दिए ।

Advertisement

उनका अनुसार ७ वटै प्रदेश र ७५ जिल्लामा अधिबेशन सम्पन्न भएको छ । यस अधिबेशनबाट नयाँ कार्यसमितिको चयन हुने छ ।आजिबन सदस्य र जिल्ला तथा प्रदेशबाट आउने प्रतिनिधिहरुको छनोट  तिब्र रुपमा भएको जनाइएको छ ।

Advertisement

छैटौं महाधिवेशनबाट संघको नेतृत्व कस्ले लिने भने सवाल सदस्य बिचमा पेचिलो बन्दै गएको छ । संस्था स्थापना काम देखिनै सदस्य हुँदै प्रथम महाधिवेशन बाट सचिब दोस्रोबाट महासचिब हुदै प्रथम उपाध्यक्ष बनेर चौथो महाधिवेशनबाट अध्यक्ष निर्बिरोध हुनु भएका लोक प्रिय लोक तथा दोहोरी गायक एबम सर्जक राजेन्द्र कुमार कार्की र पाचौं महाधिवेशनबाट बरिस्ठ उपाध्यक्ष बनेर हाल कार्यबाहक अध्यक्ष रहेका लोक प्रिय लोक तथा दोहोरी गायक एबम सर्जक प्रकाश कटुवालले अध्यक्षमा दावी गरेका छ्न ।

दुबै लामो समय एउटै समुहमा नजिक रहेर काम गरेका र दुबै एउटै जिल्ला रामेछापका रहेकाले दुई बिच प्रतिस्पर्धा निकै रोचक हुन सक्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)