हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रेनु दाहाललले कटाइन् २० हजार मत, सुवेदीभन्दा ३३०० मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले २० हजार मत कटाएकी छन् ।पछिल्लो मतपरिणाम अनुसार कुल ५४ हजार ४२ मत गणना भएकोमा रेनुले २० हजार ४९२ मत ल्याएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन् ।

Advertisement

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत पाएकी छन् । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा ९एकीकृत समाजवादी० तथा वडा नं ३ मा एमाले विजयी भएको छ ।

Advertisement

वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)