हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

रोशन प्रताप नेपाली चलचित्रमा डेब्यु गर्दै

काठमाडौँमा जन्मिएर २ बर्षको उमेर देखि आफ्नो पुरा परिवार सहित अमेरिका बसोबास गर्दै आएका रोशन प्रताप जंग बहादुर राणा अमेरिका लगायत अन्य देशहरुमा अन्तराष्ट्रिय फेशन तथा र्याम्प मोडलिङ रमाउंदै आएका मोडल हुन्।  बलिष्ठ शरीर, अग्लो कद, मन लोभ्याउने डिम्पल र आकर्षक लुक्स भएका रोशन अमेरिकामा आफ्नै ब्यापार व्यवसाय समेत गर्दै आएका उनि नेपाल र नेपालीलाइ औधी माया गर्नेमा एनआरएनए    पर्छन। आफ्नो देश प्रतिको माया र लगाबले गर्दा उनले केहि समय अघि देखि नेपालमा समेत व्यवसाय गर्दै देश प्रतिको कर्तब्य निर्बाह गर्दै आएका छन्। नेपाल र अमेरिका अहोर दोहोर गरिरहने रोशनको मन भने सधै नेपालमा रहन्छ। उनि नेपालमा नै रमाउछन।

Advertisement

आफ्नो कला संस्कृति भाषा र मौलिक पहिचानलाइ औधी माया गर्ने रोशन नेपाली चलचित्र क्षेत्र आफ्नै निर्माण रहने चलचित्र मार्फत आउन लागेका छन्। नेपाली कला संस्कृति मौलिकतालाइ विश्व माझ पुर्याउने उदेश्यले निर्माण हुन लागेको चलचित्र नेपाल लगायत अमेरिका र अन्य देशमा समेत छायांकन गरिने उनले जनाए। चलचित्रमा नयाँ पुराना कलाकारहरुलाई समाबेस गरिने छ भने बिदेशी कलाकारहरुलाइ समेत चलचित्रमा अनुबन्ध  गरिने छ। समाजसेवामा समेत रुचि राख्ने राणाले जाजरकोट भुकम्प पिडितलाइ ५ लाख सहयोग प्रदान गरेका थिए भने विभिन्न आश्रममा सहयोग समेत गर्दै आएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)